भारत ओडिसाको किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला
काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छन् । बिहीबार पर्साकी प्रिसा साह मृत फेला परेकी हुन् । उनी छात्रावासको कोठामै मृत फेला परेको भारतीय प्रहरीले जनाएको छ ।