न्युयोर्कमा गोली चल्दा बन्दुकधारीसहित पाँचजनाको मृत्यु
न्युयोर्क । एक बन्दुकधारीले मध्य म्यानहट्टनको गगनचुम्बी भवनमा प्रवेश गरी गोली चलाउँदा सोमबार एक प्रहरी अधिकारीसहित चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। गोली लागेपछि पाँचौँ पीडितको अवस्था पनि गम्भीर रहेको तथा बन्दुकधारीले आफ्नै ज्यान लिएको देखिएको मेयर एरिक एडम्सले घटनास्थल