काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गरेका छन् उनले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उक्त क्षेत्र अमेरिकाको निगरानीमा रहेको बताएका हुन् ।
उनले इरानभित्र नेतृत्व र नीतिगत स्पष्टता अभाव रहेको आरोप पनि लगाएका छन् । उनका अनुसार त्यहाँ ‘कट्टरपन्थी’ र ‘उदारवादी’ समूहबीच तीव्र मतभेद देखिएको छ। उनले कट्टरपन्थी पक्ष युद्धमैदानमा क्रमशः कमजोर बन्दै गएको र उदारवादी पक्षले तुलनात्मक रूपमा बढी समर्थन पाइरहेको उल्लेख गरेका छन् ।
त्यसैगरी, उनले हर्मुज जलडमरूमध्यमा अमेरिकाको नौसेनाको स्वीकृति बिना कुनै पनि जहाज आवतजावत गर्न नसक्ने दाबी गरेका छन् । उनले इरानसँग सहमति नहुँदासम्म उक्त क्षेत्र प्रभावकारी रूपमा बन्द रहने चेतावनी दिएका छन्।
यता, जापानस्थित इरानी दूतावासले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत ट्रम्पको अभिव्यक्तिलाई ‘असम्भव’ र ‘अविवेकी’ भन्दै अस्वीकार गरेको जनाएको छ।


















