कांग्रेस संस्थापन पक्षका सात नेताको छुट्टै रणनीतिक छलफल, देउवामाथि उत्तराधिकारी चयनको दबाब
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै संस्थापन पक्षका सात जना वरिष्ठ नेताहरू छुट्टै रणनीतिक छलफलमा जुटेका छन् । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सोमबार बसेको बैठकमा आगामी महाधिवेशनमा साझा धारणा बनाउने विषयमा केन्द्रित छलफल भएको