राष्ट्रपतिको चुनावमा शक्ति राष्ट्रहरूले प्रत्यक्षरुपमा भूमिका खेलेको चित्रबहादुर केसीको आरोप
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरूले राष्ट्रपतिको चुनावमा प्रत्यक्ष रुपमा नै भूमिका खेलेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बुधबार बैठकमा बोल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन् । उनले शक्ति राष्ट्रहरूले यस पटक प्रत्यक्ष रुपमा आफ्नो देशको स्वार्थअनुकूल भूमिका