काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नागरिकता विधेयकलाई तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको बिशेष समयमा सांसद यादवले यसअघि पटक पटक नागरिकता विधेयक रोक्ने प्रयास भएको भन्दै अव तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले अव पनि नागरिकता विधेयकलाई रोक्न खोजे आफ्नो पार्टीले संघर्ष सुरु गर्ने बताए । नागरिकताबिहीन हुँदा जन्मसिद्ध नागरिकहरुले पिडा भोगिरहेको भन्दै आवाजविहीनको आवाज कसैले नसुनेको उनले बताए ।
त्यस्तै बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले लाल अयोगको प्रतिवेदन सार्वजनिक नगरे संसद चल्न नदिने चेतावनी दिएका छन् । सर्वोच्चले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न दिएको आदेश राज्यले नमानेको भन्दै सदनबाटै आफ्नो संघर्ष सुरु भएको उनले बताए । उनले झुटा मुद्दा लगाएर थारुहरुलाई थुन्न नपाउने धारणा पनि राखेका छन् ।