गलत नियतसाथ आएको फैसलामा हाम्रो सहमति छैन : नेता नेम्वाङ
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका नेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुको सहमति नभएको बताउनुभएको छ । तर सो फैसला मानेर जानुको विकल्प नरहेको उहाँले बताउनुभयो । नेता नेम्वाङले गलत योजना र नियतका साथ फैसला आएको टिप्पणी गर्नुभयो ।