काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । केन्द्रिय कार्यालय, च्यासलमा एमाले सचिवालय बैठक सुरु भएको हो ।
गत १० पुसको सहमति तोडेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि एमालेले सचिवालय बैठक बोलाएको हो ।
प्रचण्ड सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेलगायतका बिषयमा एमालेले निर्णय गर्ने बुझिएको छ ।




















