एमाले महाधिवेशनः उपाध्यक्ष र सचिवमा को-को छन् प्रतिस्पर्धी ?
काठमाडौं । निवर्तमान अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आन्तरिक प्रतिस्पर्धामा होम्मिएको एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिवसहित ट्रेड युनियन क्लस्टरबाहेक अन्य पदमा निर्वाचन हुने देखिएको छ । जसअनुसार ६ जना उपाध्यक्षका लागि सातजना उम्मेदवार छन् ।