काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका चार दल मिलेर समाजवादी मोर्चा घोषणा गरिएको छ ।
सोमबार राष्ट्रिय सभागृहमा चार दलका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर समाजवादी मोर्चाको घोषणा गरेका हुन् । यसअघि उक्त मोर्चा रहने भनिएको बाबुराम भट्टराई नेतृत्वको नेसपा भने सहभागी भएको छैन ।
सहमति पत्रमा सत्तारूढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) यस्तै संसदीय प्रक्रिया बाहिर रहेको नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिवले हस्ताक्षर गरे ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द्रले हस्ताक्षर गरिरहँदा कार्यकर्ताले नारा लगाएर समर्थन गरेका थिए ।



















