सुर्खेत । नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टीभित्र पूर्वमाओवादीहरू भनेर भेदभाव र पेलानमा नभएको स्पष्ट पारेका छन् ।
नेकपा विभाजन हुँदा माओवादीमा नगएर भट्टहरुसँगै एमालेमै बसेका मणि थापा एमालेमा विदा बसेका छन् । उनी एमालेमा पूर्वमाओवादीलाई भेदभाव भएकाले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्न लागेको चर्चा चलेपछि एमालेका कर्णाली प्रदेश इन्चार्जसमेत रहेका भट्टले एमालेभित्र पूर्वमाओवादी हेपाइमा नपरेको र भेदभाव नभएको स्पष्टीकरण दिएका हुन् ।
मंगलबार सुर्खेतमा प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले एमालेमा पूर्वमाओवादीहरू पेलानमा भएर होइन, मणि थापा आन्तरिक समस्याका कारण निस्क्रिय बसेको बताएका हुन् ।
आफ्नो अस्तित्व कमजोर हुँदै गएकाले माओवादी, जसपा, नेकपा एस र विप्लवले समाजवादी मोर्चा बनाएको वताउँदै भट्टले मोर्चा कुनै दिन एमालेमा नै फर्किनेमा आफू विश्वस्त रहेको बताएका छन् ।