काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउने साधन बन्न नहुने बताएका छन् । समाजवादी मोर्चा घोषणा सभामा बोल्दै खनालले यो मोर्चा खाली सत्तालाई टिकाउने मोर्चा मात्रै बन्न नहुने बताएका हुन् ।
उनले समाजवादी गणतन्त्रमा पुगेर मात्रै देशको भविष्य उज्यालो बन्ने बताए । खनालले भने,’ समाजवादी गणतन्त्रमा नपुगेसम्म आजको शोषण, दमन, अन्याय, अत्याचार समाप्त हुँदैन ।’
माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चाको घोषणा भएको छ । मोर्चामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी छन् ।



















