काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रवार हुने भएको छ ।
प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहालसँग शुक्रवार (असार ८ गते) प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो । सभाको मंगलवार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रवार हुनेगरी निर्धारण गरेको जानकारी दिए ।
उनले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि सम्पूर्ण सदस्य संख्यालाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहनेगरी जम्मा १७ समूहमा विभाजन गरिएको बताए । यो महिना भने समूह १ मा रहेका प्रतिनिधिसभा सदस्यहरुको पालो रहेको उनले जानकारी गराए ।
प्रधानमन्त्रीलाई सोध्ने प्रश्न आजै(मंगलवार) दिनको पाँच बजेसम्म प्रतिनिधि सभाका सचिव समक्ष लिखित रुपमा दिन सभामुखले प्रतिनिधि सभा सदस्यहरुलाई आग्रह गरेका छन् ।



















