सरकारद्वारा हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन
काठमाडौं । सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ । मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले सो घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरेको हो