काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अभिव्यक्ति गलत थियो भनेर स्वीकारेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका सांसद पन्तले प्रधानमन्त्रीले प्रधानमन्त्रीका हैसियतले सो अभिव्यक्ति दिनु आफ्नो कमजोरी भयो भनिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।
उनले गल्ती गर्ने र स्वीकार गरिसकेपछि पुनः प्रधानमन्त्री भइरहन नैतिकताले नदिने बताए । उनले प्रधानमन्त्रीले संसदमा दिएको उत्तर पनि चित्तबुझ्दो नरहेको बताए ।
सांसद पन्तले गल्ती स्वीकारेपछि नैतिक रुपमा प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने बताए ।




















