एमसीसी पास गर्ने कुरामा सहमति छैन : माधव कुमार नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेञ्ज करपोरेशन (एमसीसी) पास गर्नेबारेमा आफूहरुको सहमति नभएको बताएका छन् । उनले एमसीसी पारित गरे सरकार ‘जे हुन्छ हुन्छ’ भन्ने प्रतिक्रिया जनाए । आइतबार प्रतिनिधि सभामा एमसीसी टेबल भएको छ ।