कैलाली । आज धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा स्थगित भएको छ ।
सुदूरपश्चिम प्रदेशको आजको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरी आउने तयारी गरिरहेका थिए ।
अन्तिम समयमा कार्यक्रम स्थगित भएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिएका छन् ।
आजबाट एमसिसी परियोजना लागू गर्ने तयारी छ । यता विप्लव नेतृत्वको माओवादीले आन्दोलन सुरु गर्दै छ । आजको कार्यक्रममा विप्लव नआउने भएपछि कार्यक्रम स्थगित गरिएको स्रोतले बताएको छ ।