धनगढी । चार दलीय समाजवादी मोर्चा नेपालको आज धनगढीमा सन्देशसभा आयोजना गरेको छ ।
सुदूरपश्चिम प्रदेशको उक्त सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने भएका छन् ।
यसअघि मोर्चाले मंगलबार लुम्बिनी प्रदेशमा सभाको आयोजना गरिएको थियो ।
मोर्चामा सरकारमा सहभागी तीन दल (नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी) र संसदमै नभएको विप्लव नेतृत्वको पार्टी छन् ।
मोर्चाले १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा, २५ गते कोशीको विराटनगरमा सभाहरू गर्ने बताइएको छ ।























