वैशाख ९ भित्रै पार्टी एकता हुन्छ, यसमा अब कुनै सन्देह र दुविधा छैन : नेता नेम्वाङ
झापा, नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले सानातिना विवाद र समस्याले पार्टी एकता कुनै पनि हालतमा अवरुद्ध नहुने बताउनुभएको छ । प्रेस चौतारी झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सानातिना मतभेदलाई दुवै पार्टीका अध्यक्ष बसेर टुंग्याइने बताउनुभयो ।