काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेका चारजना मन्त्रीहरुले आजै पुनः नियुक्ति पाउनुहुने भएको छ । राष्ट्रपतिका प्रमुख स्वकिय सचिव डा. भेषराज अधिकारीलका अनुसार उहाँहरुको साँझ ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम राखिएको छ ।
प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादी केन्द्रबाट एमालेमा प्रवेश गर्नुभएका नेताहरुलाई पुनर्नियुक्ति दिइएको हो। ६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी त्यस समयसम्म मन्त्री हुन पाउनुहुनेछ । नेकपा एकीकरण सर्वोच्चले बदर गरेपछि एमाले र माओवादी पूर्ववत अवस्थामा गएपछि एमालेमा प्रवेश गर्नुभएका चार सांसदलाई माओवादी केन्द्रले पदमुक्त गरेको थियो ।