काठमाडौँ । नेपाली कांग्रेसले आज प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज अपरान्ह ३:०० बजेका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि आमन्त्रण गर्नुभएको हो ।
नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक परिस्थितिका बारेमा साझा धारणा बनाउन बैठकको आयोजना गरिएको बताउनुभयो ।