काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गर्दै नेपालले एक असल मित्र गुमाएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट समवेदना व्यक्त गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसोन र बेलायती नागरिकप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले फिलिपको निधनले एक असल साथीसँगै ‘सोसियल वेलफेयर’का च्याम्पियन गुमाएको बताउनुभयो ।
बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।