मन्त्री हेरफेरमा एसका मन्त्रीहरुको असन्तुष्टि, हेरफेरको निर्णय नै नभएको जिकिर
काठमाडौं । एकीकृत समाजवादीका नेता एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्री फेरफेरको विषयमा कुनै निर्णय नभएको बताएका छन् । आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम प्रधानमन्त्रीलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।