काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको बताएका छन् ।
आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठन नेपालको बैठकमा अध्यक्ष नेपालले कांग्रेसले राम्रो गरि भोट नखसालेका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको बताए ।
समाजवादीले जितेको भए कांग्रेसलाई पनि फाइदा नै हुने भन्ने कुरा कांग्रेसले पनि बुझ्न जरुरी रहेको वताउँदै माओवादीभित्र पनि यस्तै स्थिति रहेको अध्यक्ष नेपालले बताएका छन् ।
उनले निर्वाचनमा मुस्लिम इत्तेहाद संगठनले खेलको भूमिकाको प्रसंसा पनि गरेका छन् ।