काठमाडौं । नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुलाई आज सपथ गराउने तयारी गरिएको छ । हिजो आइतबार पार्टीले सिफारिस गरेका नयाँ मन्त्रीहरूलाई आज शपथ गराउने तयारी भएको हो ।
पार्टीमा भागबन्डा मिलाउनका लागि एकीकृत समाजवादीले आइतबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ र भवानी खापुङ स्वास्थ्य रहेका छन् । अब राज्यमन्त्री खापुङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएर जीवनराम श्रेष्ठलाई संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्री , मेटमणी चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम रोजगार र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री दिने तयारी छ ।
नयाँ मन्त्रीको नाम एकीकृत समाजवादीले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो ।




















