प्रतिनिधिसभाबाट नागरिकता विधेयक बहुमतले पारित, पक्षमा १३५ तथा विपक्षमा ६० मत
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता सम्बन्धी विधेयक दोस्रोपटक पारित भएको हो । अघिल्लोपटक पारित भएको विधेयकलाई राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएपछि संसदमा पक्ष र विपक्षमा