मधेशी जनताले विकासका लागि आहुति दिएका हुन्ः नेपाल
नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मधेशी जनताले संविधान संशोधनभन्दा पनि मधेश क्षेत्रको विकासका लागि आहुति दिएको बताउनुभएको छ । नेता नेपाल बर्दिवासमा पत्रकारसँग कुरा गर्दै सीमांकनको माग आम मधेशी जनताको नभई सीमित मधेशी नेताको मात्र रहेको विचार व्यक्त गर्नुभयो ।