काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।
‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व.२०७७/०७८’ पेस हुने कार्यसूची रहेको छ ।
‘बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।

























