काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन बिथोल्नेलाई तत्काल कारवाही हुन नसक्दा त्यस्ता तत्वहरुको मनोबल बढ्दै गएको बताएका छन् ।
आइतबार ललितपुरमा सञ्चारकर्मीसंगको अन्तक्र्रिया कार्यक्रममा थपलियाले निर्वाचन बिथोल्ने कार्य कानूनबिपरित भएको भन्दै त्यस्ता तत्वलाई कारवाही हुन नसक्दा मनोवदन बढ्दै गएको बताएका हुन ।
उनले सुरक्षा अभावका कारण निर्वाचन बिथोलियो भने ग्राहय नहुने भएकाले सरकारबाट सुरक्षाको प्रत्याभूति खोजेको धारणा राखेका छन् । उनले स्थानीय तहको निर्वाचन एकै चरणमा गरेको अनुभवका आधारमा सरकारलाई एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न आग्रह गरिएको र सरकारले सोहि अनुरुप मिति तय गरेको बताएका छन् । एकै चरणमा निर्वाचन गर्दा व्यवस्थापनका साथै अन्य निर्वाचन खर्च पनि घट्ने उनको भनाई छ ।
थपलियाले निर्वाचनको तयारीका लागि आयोगले पर्याप्त समय नपाएपनि आयोगले तीव्र रुपमा आफ्नो काम अघि बढाएको बताएका छन् ।
























