काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा सांसद प्रदिप गिरीको निधनका कारण आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
संसद् सचिवालयले आजै शोक प्रस्ताव पारित गरेर बैठक अघि बढाउने तयारी गरे पनि प्रमुख विपक्षी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटालाई गिरीको अन्तिम संस्कार नभई शोक प्रस्ताव पारित गर्नु राम्रो नहुने भएकाले बैठक स्थगित गर्न सुझाव दिएका थिए ।
गिरीको अन्तिम संस्कारअघि श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा पार्थिव शरीर राख्ने र साँझसम्म संस्कार हुने भएकाले बैठक स्थगित गरिएको बताइएको छ ।
























