काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै छ ।
बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
यसअघि बुधबार दिउँसो सिट बाँडफाँट कार्यदलको बैठक बसेको थियो । सो कार्यदलका संयोजक एवं कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बैठकका क्रममा नेताहरुसँग भेट्न बाँकी रहेको सुनाएका थिए । आजको बैठकमा सिट बाँडफाँटका विषयमा छलफल हुने बताइएको छ ।
सिट संख्याको मोडालिटी र दलहरुको जनमतबारे बैठकमा कुरा भएपनि निर्णय पुग्न पाँचै दलका शीर्ष नेतासँग बस्नुपर्ने निष्कर्ष निकालेको कार्यदलका एक सदस्यले जानकारी दिए ।
पाँच दलले विभिन्न मोडलमा सिट बाँडफाँट गर्ने प्रस्ताव गरेका छन् । जसमा स्थानीय तहको निर्वाचन मोडेल, २०७४ मा पाएको सिट संख्याको मोडेल लगायत प्रस्ताव भएका छन् ।

























