प्रसादी एकेडेमी मानभवनमा अध्यापन गर्ने एक शिक्षक उद्धब त्रिपाठीले यो स्तम्भकारलाई सोधे– हैन यो तपाइृहरुको चलचित्र उद्योगमा के भएको? आमासँग बसेर टिभी हेरिरहेको थिएँ । चलचित्रको विज्ञापन देखेर आमाले यस्तो छाडा टिभी नखोल बरु टिभी नहेरेपनि हुन्छ भन्नु भयो ।