लगनगाँठो कस्दै नायिका ऋचा
काठमाडौं । नायिका ऋचा शर्माको विवाह यही मंसिर २१ गते हुने भएको छ । दिपेश विक्रम राणासँगको प्रेम सम्बन्धमा रहेकी नायिका ऋचाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा सबैलाई आशिर्वादका लागि धन्यवाद दिँदै विवाहको मिती निश्चित गरिएको कार्ड सार्वजनिक गरेकी छिन् ।