काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘साहित्यकार–कलाकार परिचय कोश’को नयाँ संस्करण प्रकाशन गर्ने भएको छ । यसअघि प्रकाशित कोशलाई परिमार्जन गरी प्रकाशन गरिने भएको हो ।
कोशको परिमार्जित संस्करणमा यसअघिको संस्करणमा छुटेका वाङ्मयका भाषासाहित्य, संस्कृति, दर्शनशास्त्र, समाजशास्त्र, मानवशास्त्र, भूगोल, राजनीतिशास्त्र, अर्थशास्त्र, विज्ञान, कलासङ्गीत, नृत्य, अभिनयलगायत विभिन्न विधाका लेखक तथा प्रतिभाको विवरण समावेश गरी अद्यावधिक गरेर प्रकाशन गर्न लागिएको प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले बताउनुभयो । सदस्य सचिव उपाध्यायले साहित्यकार, कलाकार तथा प्रतिभाहरुलाई आगामी असार १५ भित्र आआफ्नो विवरण उपलब्ध गराउन आग्रह गर्नुभएको छ । ।