लोकगायक पङ्गेनीलाई पितृशोक
काठमाडौँ । लोकगायक बद्री पङ्गेनीलाई पितृशोक परेको छ । उनका पिता बोधराजको ७० वर्षको उमेरमा आज निधन भएको हो । काठमाडौँको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटामै निधन भएको परिवारले जनाएको छ । बोधराज दमसम्बन्धी समस्याबाट पीडित थिए