घनेन्द्र ओझाको ‘असमान पहाडहरू’ प्रकाशित
काठमाडौं । नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका घनेन्द्र ओझाको नवीनतम् कविताकृति ‘असमान पहाडहरू’ प्रकाशन भएको छ । समालोचना र पत्रकारितामा समेत सक्रिय ओझाको बाह्रौँ पुस्तकका रूपमा प्रकाशन भएको यस कवितासंग्रहमा समसामयिक विषयका २१ वटा कविता संगृहीत छन् ।