सिमखोलाको बाढीमा बेपत्ता स्कुटर चालक महेश तीन दिनपछि मृत फेला
हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्याम नजिकको सिमखोलामा आएको बाढीमा स्कुटरसहित बेपत्ता भएका एक युवक तीन दिनपछि मृत अवस्थामा फेला परेका छन्। असार २९ गते दिउँसो आएको आकस्मिक बाढीले स्कुटरसहित बगाएका सर्लाहीको बागमती नगरपालिका–१ निवासी २९ वर्षीय महेश