रौतहट । गरुडा नगरपालिका वडा नं. ९ गम्हरियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयार गरेका छन् ।
देवेन्द्र सहनीका २८ वर्षीय छोरा गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घाँटीदेखि तलसम्म करिब ३१ प्रतिशत शरीर जलेका उनलाई तत्काल उनलाई गरुडामा रहेको एक अस्पतालमा उपचारका लागि लगिएको थियो ।
घाइते सहनीलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको बताइएको छ ।
घटनाको कारण नखुलेको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




















