सुधार केन्द्रभित्र कुटपिटबाट एक युवकको मृत्यु, सञ्चालकसहित ७ जना पक्राउ
काठमाडौँ । बाराको कलैया १ स्थित नवजन्म सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गएराति सुधार केन्द्रभित्र भएको विवादमा सञ्चालकसहितले कुटपिट गर्दा सुधार केन्द्रमा राखिएका कलैया–९, रामपुरका ३२ वर्षीय धीरेन्द्र महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको