
काठमाडौं । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालयको अवलोकन भ्रमण गर्नुभएको छ ।
आइतबार गर्नु भएको भ्रमणका क्रममा राष्ट्रपति पौडेलले सैनिक संग्रहालयको विभिन्न प्रदर्शनी कक्षहरुमा राखिएको ऐतिहासिक, पुरातात्विक तथा सैनिक सामग्रीहरुको अवलोकन गर्नु भएको थियो ।
अवलोकन भ्रमणका अवसरमा बलाधिकृत रथी निर्मल कुमार थापा, रथीबृन्द, अधिकृत लगायत सकलदर्जाको उपस्थिती रहेको थियो ।




















