WhatsApp सहित २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन इन्टरनेट प्रदायकलाई प्राधिकरणको पत्राचार
काठमाडौँ । सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रिय गराउने सरकारको निर्णय कार्यान्वयमा अघि बढेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको हो