नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ। बुधवार राति बढुवा समितिले बढुवा सिफारिस सूची प्रकाशन गरेको हो। जनपद प्रहरी समूहतर्फ एसएसपी बढुवाका लागी सिफारिस हुने पहिलो नम्बरमा राम प्रकाश शाह छन्।