रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
जनकपुरधाम । रौतहट–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट एक ४ वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीयका अनुसार बालिकालाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार आलम र चालक घटनास्थलबाट फरार भएका छन्। दुर्घटनामा संलग्न गाडी