राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार दिउँसो त्रिभुवन विश्वविद्यालय अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा भर्ना गरिएको छ । राष्ट्रपतिलाई भर्ना गरिएपछि सेन्टरले जारी गरेको विज्ञप्तिअनुसार अवस्था सामान्य छ । अहिले स्वास्थ्य परीक्षण भइरहेको छ,