पुनःनिर्माण हरसम्भव उपायले पूरा गर्न प्रमको निर्देशन
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परामर्श परिषद्को बैठकले पुनःनिर्माणको काम हरसम्भव उपाय अवलम्बन गरेर पूरा गर्न प्राधिकरणलाई निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको परामर्श परिषद्को बैठकमा भूकम्पपछिको पुनःनिर्माणमा हालसम्म भएको प्रगतिको समीक्षा भएको