चाडपर्वमा बजार अनुगमन बढाइयो
बनेपा । तिहार पर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ । काभ्रेपलाञ्चोकस्थित बजार अनुगमन टोलीले चाडपर्व लक्षित विशेष बजार अनुगमन शुरु गरेको हो । टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल, मिठाईलगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्ने छन्