ललितपुर । ललितपुरमा कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या छ हजार बढी नाघेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको संख्या छ हजार ३ सय १६ पुगेको हो ।
अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ । यसैगरी जिल्लामा कूल कोभिड संक्रमित सङ्ख्या आठ हजार ८ सय १० पुगेको छ भने सक्रिय संक्रमितको संख्या दुई हजार ४ सय १५ पुगेको कार्र्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।
यसैगरी ललितपुर महानगरपालिकामा कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या तीन हजार ८ सय ६१ र मृतकको सङ्ख्या ३५ पुगेको ¥यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङले बताए ।
गोदावरीमा आज बिहानसम्म डिस्चार्ज हुनेको संख्या ४ सय ३५ र मृत्यु हुने नगरवासीको संख्या सात पुगेको छ । त्यहाँ हालसम्म कूल कोभिड संक्रमित संख्या ६ सय ३१ र सक्रिय संक्रमित संख्या १ सय ८९ पुगेको नगरपालिकाले जनाएको छ ।
गोदावरीको वडा नम्वर ११ चापागाउँ ५२ महिला र ६४ पुरुष गरी १ सय १६ जना सबैभन्दा बढी संक्रमित रहेको वडा हो भने वडा नम्वर ७ देवीचौर हालसम्म एक जना व्यक्तिमात्र संक्रमित भएको वडा रहेको नगरपालिका सूचना अधिकृत विष्णु कँडेलले बताए ।
यर्कोतर्फ दक्षिण ललितपुरका बागमती, महाँकाल र कोञ्ज्योसोम तीन गाउँपालिकाका धेरैजसो कोरोना सङ्क्रमितले स्वास्थ्यलाभ गरेर डिस्चार्ज भइसकेका सम्बन्धित पालिकाका स्वास्थ्य संयोजकको भनाइ छ ।
महाँकाल र कोञ्ज्योसोममा हालसम्म कुनै व्यक्तिले कोरोनाका कारण मृत्यु वरण गर्नुपरेको छैन तर वाग्मती वडा नम्वर ६ आश्राङ निवासी ७० वर्षमाथिका एक जना पुरुषलाई कोरोना लगेर निधन भइसकेको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताए ।
गाउँपालिकाका केही व्यक्तिमा कन्ट्याक टे«सिङ गर्दा कोरोना पोजेटिभ देखिए पनि रोगको वास्तै नगरी मज्जाले हिँडिरहने, सजक हुनुपर्छ भनेर सम्झाए पनि ‘मलाई पोजेटिभ देखिएकै छैैन ।
महाँकालमा कोरोना निको भएर डिस्चार्ज हुनेको सङ्ख्या १४, सक्रिय संक्रमित एक र कूल कोरोना संक्रमित संख्या १५ पुगेको स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए ।
कोञ्ज्योसोममा कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको संख्या १०, सक्रिय संक्रमित चार र हालसम्म गाउँपालिकामा कूल कोभिड संक्रमित संख्या १४ पुगेको स्वास्थ्य संयोजक नवलकिशोर महत्वले बताए । रासस