काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १ हजार ३९८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ९१, ललितपुरमा १६० र भक्तपुरमा १४७ जनालाई कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ३ हजार ५१ जनामा कोरोना भाइरस सङ्क्रण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा १३ हजार ६८ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो ।
मन्त्रालयले आज थपिएका समेत गरेर नेपालमा कुल सङ्क्रमित एक लाख ८५ हजार ९७४ पुगेको जनाएको छ । उनीहरु मध्ये हाल ३६ हजार ५१४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४३० जना कोरोना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक लाख ४८ हजार ४०८ सङ्क्रमित निको भएका छन् । नेपालमा निको हुनेको दर ७९। ८ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा ४२८ जना आइसीयू र ७४ जना संक्रमितको भेन्टिलेरमा रहेर उपचार भइरहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १८ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एकहजार ५२ पुगेको छ ।