स्वीकृतिबिना सरकारी जग्गा लिजमा लिने-दिने कार्य नगर्न महानगर प्रमुख बालेनको चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरको स्वीकृतिबिना सरकारी जग्गा लिजमा लिने दिने कार्य नगर्न चेतावनी दिएका छन् । उनले नेपाल सरकारको हक, स्वामित्व, नियन्त्रण वा अधीनमा रहेको सरकारी जग्गाको संरक्षणसम्बन्धी काम कारबाहीलाई काठमाडौं महानगरपालिकाले उच्च प्राथमिकता राखेको