काठमाडौँ । काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्नेत नियुक्त भएका छन् । प्रजिअ घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि हाल गृहमन्त्रालयको प्रवक्ता रहेका सहसचिव बस्नेतलाई मन्त्रालयले काठमाडौंको प्रजिअको जिम्मेवारी दिइएको हो ।
काठमाडौंका प्रजिअ उपाध्यायलाई मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गरेको थियो ।
बैकुन्ठ अर्याल मुख्यसचिवमा नियुक्त भएपछि रिक्त सचिव पदमा उपाध्याय वढुवा भएका हुन ।
काठमाडौंको प्रजिअमा नियुक्त बस्नेत हाल गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा प्रवक्ताको भूमिकामा थिए ।
बस्नेत यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक, गोरखा, चितवन र पर्साको प्रजिअका रुपमा पनि कार्य गरिसकेका उपसचिव हुन । त्यसतै प्रदेशतर्फ सचिवको भूमिकामा पनि उनले काम गरेका थिए भने भूकम्प प्राधिकरण कार्यालयमा पनि काम गरिसकेका छन् ।



















